टानको निर्वाचन, राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणा



 

 

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि व्यवसायी राजेन्द्रप्रसाद सापकोटा प्यानलले घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको सापकोटाले बताए । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ । पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमतिपत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न, अब लागू नगर्न सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ । टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।

यी हुन् उम्मेदवार

राजेन्द्र प्रसाद सापकोटा : अध्यक्ष
कर्मा शेर्पा : वरिष्ठ उपाध्यक्ष
विष्णुप्रसाद लम्साल : प्रथम उपाध्यक्ष
सनम शेर्पा : द्वितीय उपाध्यक्ष
राजेन्द्रप्रसाद सुवेदी : महासचिव
रिन्जी जाङबु शेर्पा : सचिव
गौतमराज वाग्ले : कोषाध्यक्ष
लाक्पा टेम्बा शेर्पा : सहसचिव
सागर राई ( कार्यसमिति सदस्य
सुमन अर्याल : कार्यसमिति सदस्य
राजु गुरुङ : कार्यसमिति सदस्य
दिनेश तिम्सिना : कार्यसमिति सदस्य
विश्व दाहाल : कार्यसमिति सदस्य
भुवनबहादुर खड्का : कार्यसमिति सदस्य
दावा ग्याल्त्सेन लामा : कार्यसमिति सदस्य
छ्याप्ते लामा : कार्यसमिति सदस्य
पवित्रा तामाङ : महिला कार्यसमिति सदस्य

 

 

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्