वाणिज्य बैंकहरुले घटाए व्याजदर



हाम्रो इकोनोमि

 

 

अधिकांश वाणिज्य बैंकहले फेरि व्याजदर घटाएका छन् । बैंकहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपको व्याज घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा यो दर ६.७४ प्रतिशत थियो । यस आधारमा व्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो । पछिल्लो समयमा बैंकहरूबीच व्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ । भदौका लागि १३ बैंकको व्याजदर घटेको छ भने ६ बैंकले साउनकैलाई निरन्तरता दिएका छन् । प्राइम बैंकले भने बढाएको छ ।ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन् । अधिक तरलताका कारण व्याजदर घटाएर बैंकले निक्षेपकर्तालाई हतोत्साही गरिरहेका छन् । बैंकहरूले प्रणालीमा धेरै पैसा भएपछि सस्तो व्याजदरमा राष्ट्र बैंकमा राख्दै आएका छन् । जसले बैंकहरूको निक्षेपको लागत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...