वाणिज्य बैंकहरुले घटाए व्याजदर



हाम्रो इकोनोमि

 

 

अधिकांश वाणिज्य बैंकहले फेरि व्याजदर घटाएका छन् । बैंकहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपको व्याज घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा यो दर ६.७४ प्रतिशत थियो । यस आधारमा व्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो । पछिल्लो समयमा बैंकहरूबीच व्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ । भदौका लागि १३ बैंकको व्याजदर घटेको छ भने ६ बैंकले साउनकैलाई निरन्तरता दिएका छन् । प्राइम बैंकले भने बढाएको छ ।ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन् । अधिक तरलताका कारण व्याजदर घटाएर बैंकले निक्षेपकर्तालाई हतोत्साही गरिरहेका छन् । बैंकहरूले प्रणालीमा धेरै पैसा भएपछि सस्तो व्याजदरमा राष्ट्र बैंकमा राख्दै आएका छन् । जसले बैंकहरूको निक्षेपको लागत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...