चेकजाँच गर्ने क्रममा भएको थियो गठ्ठाघरमा दुर्घटना



हाम्रो इकोनोमि

 

 

 ट्राफिक प्रहरीकै सामु भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयबासी आक्रोशित छन् । गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्र दिएर घिसारेको थियो । केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सँगै ट्राफिक प्रहरीलाई लखेटे । प्रदर्शनकारीले ट्रकमाथि आगजनीसमेत गरेका छन् । केहीबेरमा आगो भने निभाइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...