ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु , गठ्ठाघर तनावग्रस्त



हाम्रो इकोनोमि

 

 

भक्तपुरको गठ्ठाघरमा ट्रक (कन्टेनर) को ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ । सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । ट्राफिकले स्कुटरलाई बीच बाटोमा चेकिङ गरिरहेको बेला ट्रकले ठक्कर दिएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनकारीले ट्राफिक प्रहरीलाई समेत लखेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...