७० अंकले बढ्यो शेयर, २७ अर्ब बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

शेयर बजारमा सोमबार पनि उछाल आएको छ । बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । कारोबार रकम र बजार पुँजीकरण दुवैमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ । यसदिन २७ अर्ब २४ करोड बढीको शेयर किनबेच भएको छ । आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।लगानी र उतपादन तथा प्रशोधन समुह बाहेक सबै समूहमा बढाेत्तरी भएको छ । बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब पुगेको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...