चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण



हाम्रो इकोनोमि

 

 

चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो । यसको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ । यो रेल म्याग्लेभ प्रविधि (चुम्बकीय) शक्तिका कारण चल्छ । म्याग्लेभ प्रविधिले गर्दा रेल चुम्बकको शक्तिले जमिनमा बनाइएको ट्रयाकमाथि गुड्छ । परीक्षणमा उच्च गति र सस्पेन्सन उचाइ एकनासको रहेको रिपोर्ट आएको छ । रेलका सबै प्रणालीले सामान्य रूपमा काम गरेको र सैद्धान्तिक रूपमा तयार पारिएको आकलन अनुसार काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ । परीक्षणले लामो दूरीको तय र मर्मत, हावाको चाप कम भएको क्षेत्रमा प्रणालीबीचको समन्वय, नेभिगेसन नियन्त्रण र अन्य प्रमुख प्रविधिको प्रदर्शनलाई पनि सफल प्रमाणित गरेको छ ।
यूएचएस म्याग्लेभ यातायात प्रणालीले याङग्वयोमा सन् २०२२ अप्रिलमा रेलको निर्माण सुरु गरेको थियो । यसमा एरोस्पेस प्रविधि र रेलवे यातायात प्रविधिलाई जोडेर उच्च गतिमा गुड्न सक्ने बनाइएको छ । भविष्यमा यो प्रणाली चीनको ठूला शहरहरू बीचको यातायातका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । जसले बेइजिङदेखि सांघाईको यात्रा लगभग डेढ घण्टामा गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...