काठमाडौं प्लाजानेर भासियो सडक



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ । यो बाटो सडक विभागअन्तर्गत पर्दछ । यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो । महानगरपालिकाका एक कर्मचारीका अनुसार सडक विभागले सडक बनाउन केही दिन लाग्ने जानकारी महानगरलाई गराएको छ

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...