हर्क साम्पाङविरुद्ध नारा लाउँदै उपमहानगर कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

 

धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ । धरानमा क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा आज उपमहानगर कार्यालय घेराउ गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ । मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । मनोमानी शुल्क बढाएको विरोधमा दलहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम राखिएको थियो । उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका थिए । राजनीतिक दलहरूले अदालतको आदेशको सम्मान गर्दै ताला खोल्ने निर्णय गरिएको जनाएका छन् । तर, मूल्यवृद्धिको निर्णय फिर्ता हुनुपर्ने उनीहरूको अडान छ । खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगरको मातहतमा छ । बोर्डको अध्यक्ष मेयर रहने प्रावधान राखिएको छ । एडीबीको ऋण तिर्न पैसा नभएको र बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर साम्पाङले विभिन्न शुल्क ह्वात्तै बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...