हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिने



हाम्रो इकोनोमि

 

 

हेमबहादुर मल्ल सम्मान २०७९ पूर्व मन्त्री, सचिव, गभर्नर, एवम् राजदूत भई राष्ट्र सेवा गर्नुभएका डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७६’ घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममाझ सो जानकारी दिईएको हो । पानका अध्यक्ष मधुरमण आचार्यको सभापतित्व माझ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको केन्द्रिय कार्यालयको सभा हलमा विहिवार आयोजित कार्यक्रम माझ उक्त घोषणा गरिएको हो । सो अवसरमा सभापतिको आसनबाट बोल्दै पानका अध्यक्ष मधुरमण आचार्यले डा. थापाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत उहाँलाई उक्त सम्मानबाट विभुषित गर्न लागिएको जानकारी दिनुहुँदै पूर्व मन्त्री शंकर प्रसाद कोईरालाको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा सम्मानका लागि छनौट गरिएको ब​ताउनुभ​यो । अध्यक्ष आचार्यले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि छनौट समितीको सिफारिसका आधारमा उपाध्यायलाई सो सम्मानबाट विभुषित गर्ने निर्णय लिईएको उल्लेख समेत गर्नुभयो । सो अवसरमा पानका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटाले राज्यको उच्च ओहोदामा रही प्रशासन एवम् कुटनीतिको क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७९ का लागि डा. भेषबहादुर थापालाई सर्वाधिक योग्य ठहर गरिएको हो स्पष्ट पार्नुभयो । साथै उहाँले हेमबहादुर मल्लको व्यक्तित्व बारे प्रकाश समेत पार्नुभएको थियो । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठ, संचालक समिति सदस्य नारायणदास मानन्धर लगायतको उपस्थिती रहेको थियो । यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा। दमननाथ ढुङ्गाना, डा।सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ, सुन्दुक रूइत र डा. गौरी शंकरलाल दास, सुर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हूच्छे प्रधान र भानु आचार्य विभुषित भैंसक्नुभएको छ। यो बिसौ सम्मान समर्पण हो । थापालाई हेमबहादुर मल्ल सम्मान २०७९ बाट यही श्रावण २३ गते विभुषित गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...