एसईईको पूरक परीक्षा आजदेखि



हाम्रो इकोनोमि

 

 

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् ।  पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । त्यसका लागि ५५० केन्द्र तोकिएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा १३ असारमा सार्वजनिक गरेको थियो । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...