धरानमा आन्दोलन नरोक्ने दलको अडान



हाम्रो इकोनोमि

 

 

धरानमा खानेपानीको महसुल र सेवा शुल्क वृद्धिविरुद्ध आन्दोलनरत् राजनीतिक दल र स्थानीय प्रशासनबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सुनसरीका सीडीओ रामचन्द्र तिवारीले खानेपानी व्यवस्थापन बोर्ड र बोर्डको काउन्टरमा लगाइएको ताला खोल्न आग्रह गरेका थिए । उनले खानेपानीको धारा जडान, नामसारी र खानेपानीको महसुल वृद्धि गर्ने अधिकार बोर्डको नभएर खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको भएकाले बोर्डले बढाएको शुल्क र महसुल कार्यान्वयनमा नजाने आश्वासन दिएका थिए । सीडीओ तिवारीको आग्रह थियो, ‘महसुल नबढ्ने कुराको बारेमा निश्चिन्त हुनुस् अहिले लगाएको तालाबन्दी खोली आन्दोलनको रूप फेर्नुस् । सीडीओले आश्वासन दिए पनि निर्णय फिर्ताको ग्यारेन्टी नभएकाले आन्दोलन नरोक्ने दलका प्रतिनिधिले अडान लिएका छन् । उनीहरूले साविककै दर तोकिएको लिखित कागजको माग गरे । नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजङ्ग एभेङ्गले वार्तामा कुनै सहमति नभएको बताए ।

उनले भने, ‘बढाइएको रकम नघटाएसम्म आन्दोलनका कार्यक्रम फेरिँदैन । हामी आन्दोलन रोक्दैनौं । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा मेयर हर्क साम्पाङले साउन १ गतेबाट खानेपानीको धारा जडान, नामसारीलगायतका अचाक्ली मूल्य बढाएका छन् । नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजारसम्म बढाइएको छ । यसैगरी खानेपानीको महसुलमा साविकभन्दा २० रूपैयाँदेखि १ हजारसम्म बढाइएको छ । सरोकारवालासँग छलफल नै नगरी आफूखुसी निर्णय गरेको भन्दै धरानका क्रियाशील १० राजनीति दल आन्दोलित छन् । आन्दोलनरत् पक्षले धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालय र बिल काउन्टरमा पनि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण बोर्डको आर्थिक कारोबार अहिले ठप्प भएको छ । दलहरूले रकम नबुझाउन उपभोक्तालाई संयुक्त अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...