पहिरोले पुरिएर गुल्मीमा ४ जनाको मृत्यु, २ घाइते



हाम्रो इकोनोमि

 

 

अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए । मङ्गलवार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र हुकुम विकको घर पुरिएको थियो । पहिरोमा पुरिएकाहरूको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...