पहिरोले पुरिएर गुल्मीमा ४ जनाको मृत्यु, २ घाइते



हाम्रो इकोनोमि

 

 

अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुई वर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २३ वर्षकी मुना विक र ३२ वर्षकी विष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए । मङ्गलवार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विकको घर र हुकुम विकको घर पुरिएको थियो । पहिरोमा पुरिएकाहरूको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमान्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...