बंगलादेशका प्रतिपक्षी दलकी नेता खालिदा जिया जेलमुक्त हुँदै



हाम्रो इकोनोमि

 

 

 बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्त गर्न आदेश दिएका छन् । विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति शहाबुद्दिनबाट यो आदेश आएको हो । बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सोमबार गरेको प्रतिपक्षी दलका नेताहरु सम्मिलित बैठकमा यो विषय उठेको र पूर्वप्रधानमन्त्री जियालाई यथाशिघ्र छाड्ने निर्णय भएको बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले लेखेको छ । बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई हिरासतमुक्त गर्ने निर्णय पनि गरेको छ’, समाचारमा भनिएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो । ७८ वर्षीया जियाको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । देश छाडेकी प्रधानमन्त्री शेख हसिनासँग जियाको लामो दुश्मनी छ । उनलाई भ्रष्टाचारको आरोप लागेपछि यो राजनीतिक रुपमा प्रेरित भएको भन्दै बीएनपीले आरोपहरु मिथ्या भएको बताएको थियो । जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुन् । आफ्नो श्रीमान् एवं बंगलादेशका पूर्वराष्ट्रपति जिउर रहमान मारिएपछि जियाको राजनीतिक यात्रा सुरु भएको थियो । रहमानले १९७८ मा स्थापना गरेको बीएनपीमा उनी २ जनवरी १९८२ देखि संलग्न भएकी थिइन् । राजीनामा दिएकी प्रधानमन्त्री हसिना भने सोमबार हेलिकप्टरमार्फत भारततर्फ गएकी थिइन् । त्यसपछि उनी लण्डन जान सक्ने बताइएपनि हाल कहाँ छिन् कुनै विवरण सार्वजनिक भएको छैन । बंगलादेशमा सेनाले अहिले अन्तरिम सरकार गठनका लागि अग्रसरता लिएको छ । तर, यसको नेतृत्व कसले गर्छ भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...