काठमाडौं उपत्यका जलमग्न, बस्तीहरु डुबानमा



हाम्रो इकोनोमि

 

 

सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ । बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ ।ललितपुर महानगरपालिका वडा नम्बर १ को आधारभूत स्वास्थ्य केन्द्रमा बाढी पसेको छ । कुपोण्डोलस्थित ललितपुर महानगरपालिकाको वडा कार्यालय पनि डुबानमा परेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका स्वयम्भु, सानो भर्‍याङ, ठूलो भर्‍याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वर लगायतका मुख्य सडक र सहायक सडकहरु डुबानमा परेका छन् । कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा छन् । जताततै भेलबाढीले गर्दा पैदलयात्रु र दुईपांग्रे सवारी चालकहरु बढी प्रभावित भएका छन् । वाग्मती नदीको गौरीघाट, मनोहरा र खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममै रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...