वर्षाले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित



हाम्रो इकोनोमि

 

 

निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ । काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ । स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ । रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने गरेका छन् ।

 

सबैभन्दा धेरै वर्षा गोदावरीमा

हिजोदेखि नै कोशीदेखि लुम्बिनी प्रदेशसम्मका अधिकांश जिल्लामा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा सोमबार अपराह्नदेखि झरी लागेको छ । उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको गोदावरीमा भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो ६ घण्टामा गोदावरीमा ८०.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी ललितपुरको लेलेमा ५७.८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको धाप ड्याम क्षेत्रमा ४९.८, कपनमा ३९.८, सुन्दरीजलमा ३५.८, बुढानीलकण्ठमा ३१.६ र नैकापमा ३०.८ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण काठमाडौंका बागमती नदीमा बाढी आएको छ । हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ । बाढी बढ्दो क्रममा रहेकाले खोला किनार क्षेत्रमा नजान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । सप्तरीको बलान नदी, चितवनको शक्तिखोर र पूर्वी नवलपरासीको समेरी क्षेत्रमा क्षेत्रमा पनि भारी वर्षा भएको छ । वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ र बेनी-जोमसोम सडक अवरुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...