बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा



हाम्रो इकोनोमि

 

 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् । बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो । सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग यस विषयमा कुरा गर्नेछौं जसमार्फत यो स्थिति समाधान गर्न सकियोस् ।’ उनले अन्तरिम अन्दोलनकारीहरुलाई हिंसात्मक आन्दोलन स्थगित गर्न आह्वान गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरुलाई न्याय पाउने आश्वसन समेत व्यक्त गरेका छन् । बंगलादेशमा आरक्षण पद्धतीको विषयलाई लिएर केही समयदेखि आन्दोलन भइरहेको छ भने हालसम्म सो आन्दोलनमा ३०० जनाले ज्यान गुमाइसकेका छन् । आइतबार रातिमात्र १०० जना आन्दोलनकारीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...