हवाई सुरक्षाबारे छलफल गर्न देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन् । सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका हुन् । नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आईकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा सकारात्मक रहेको सांसद सांसद उदय शमशेर राणाले बताए । प्रधानमन्त्रीले आईकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी गराएको समेत बताए । साथै हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएको बताए । छलफलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सहमहामन्त्री जीवन परियारसहित करिब दर्जन सांसद सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...