हवाई सुरक्षाबारे छलफल गर्न देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन् । सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका हुन् । नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आईकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा सकारात्मक रहेको सांसद सांसद उदय शमशेर राणाले बताए । प्रधानमन्त्रीले आईकाओ र इयूको सुझाव कार्यान्वयन गर्न निर्देशन दिइसकेको जानकारी गराएको समेत बताए । साथै हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएको बताए । छलफलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सहमहामन्त्री जीवन परियारसहित करिब दर्जन सांसद सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...