पशुपति कोटिहोममा कुटिए दुई युट्यूवे



हाम्रो इकोनोमि

 

 

पशुपति कोटिहोममा रिपोर्टिङका लागि गएका दुई पत्रकार कुटिएका छन् । कोटिहोम आयोजकका मान्छेहरुले नै आफूमाथि निर्घात कुटपिट गरेको उनीहरूको आरोप छ । लोकतन्त्र टाइम्स नामक युट्यूव च्यानल सञ्चालन गर्ने प्रिन्स मिश्र र क्यामरापर्सनसमेत रहेका उनका भाइ अखिल मिश्रमाथि कुटपिट भएको हो । दुवैजनाको टाउकोमा चोट लागेको छ । भारतीय कथावाचक श्रीकृष्ण अनिरुद्रको भिडिओ खिच्ने क्रममा उनीहरुसँग परिचयपत्र मागिएपछि विवाद सुरु भएको थियो ।  प्रिन्सले केही दिनअघि देवी प्रतिभाको पत्रकार सम्मेलनमा आलोचनात्मक प्रश्न सोधेकोमा रिसइवी साँधिएको दाबी गरे । कुट्नेहरू आयोजक संस्थाकै स्वयम्सेवक भएको उनको भनाइ छ । आयोजकले भने कुटपिटको घटनामा आफ्ना स्वयम्सेवक र कर्मचारी संलग्न नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...