धरानमा २ इन्च पाइपको धारा जोड्न १ लाख लाग्ने



 

 

धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि साउन ११ गते धरानमा क्रियाशील दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र दिएका थिए । तर, अल्टिमेटम सकिँदासम्म महसुल वृद्धिको निर्णय फिर्ता नलिएको भन्दै दलहरूले आन्दोलनको घोषणा गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगरपालिका मातहत छ । बोर्डको अध्यक्ष मेयर रहने व्यवस्था छ । बोर्ड सञ्चालनमा समस्या भएको भन्दै अध्यक्ष मेयर हर्क साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा लाग्ने शुल्क र खानेपानीको महसुलमा चर्को वृद्धि गरेपछि विरोध भएको हो । मेयरको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको धरानमा क्रियाशील दलहरूको गुनासो छ । वृद्धि भएको रकम साउनदेखि लागू हुने बताइएको छ । शुल्क र महसुल वृद्धि अवैज्ञानिक भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङग बताउँछन् । ग्राहकले धान्नै नसक्ने गरी एकलौटीरूपमा मूल्य वृद्धि गरिएकाले बाध्य भएर विरोधमा उत्रनु परेको उनले सुनाए । धरानमा क्रियाशील राजनीतिक दलहरूले निकालेको विज्ञप्तिमा १७ गते विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया गर्ने, १८ गते सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना दिनेजस्ता संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

यस्तो छ परिमार्जित शुल्क र महसुल

धरानमा नयाँ धारा जडानमा ५ हजार रूपैयाँ वृद्धि गरेको छ । यसअघि १/२ इन्चको पाइपमा घारा जडान गर्दा १५ हजार रूपैयाँ तिर्नुपर्थ्यो । बोर्डले त्यसलाई बढाएर २० हजार पुर्‍याएको हो । ४/३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि ४/३ इन्चको धारा जडान गर्दा १० हजार रूपैयाँ तिर्नु पर्दथ्यो । बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ । यसअघि धरानबासीले १ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रूपैयाँ तिर्दै आएका थिए । १-१/२ इन्चको धारा जडानको शुल्क ७५ हजार पुर्‍याइएको छ । यसअघि धरान खानेपानी बोर्डले १-१/२ इन्चको पाइपमा धारा जडान गर्न २० हजार रूपैयाँ शुल्क लिँदै आएको थियो । २ इन्चको पाइपको धारा जडानमा २५ हजारबाट बढाएर एक लाख पुर्‍याइएको छ । होल चेन्जको शुल्कसमेत वृद्धि गरेको छ । १/२ को पाइपको होल चेन्जमा २ हजार रूपैयाँ शुल्क लिँदै आएको बोर्डले अब ५ हजार रूपैयाँ लिने गरी शुल्क तोकेको छ । ४/३ को पाइपको होल चेन्जमा ३ हजारबाट ८ हजार पुर्‍याएको छ । यस्तै १ इन्चको पाइपमा ४ हजारबाट १० हजार रुपैयाँ शुल्क पुर्याइएको छ । १-१/२ इन्चको पाइपको शुल्क ५ हजार रूपैयाँ रहेकोमा बढाएर १५ हजार रूपैयाँ पुर्‍याइएको छ । यसैगरी खानेपानीको महसुलमा साविकभन्दा २० रूपैयाँदेखि १ हजारसम्म बढाइएको छ । धरान खानेपानी बोर्डका व्यवस्थापक राजु पोखरेलले २०७४ सालदेखि खानेपानीको शुल्क र महसुलमा वृद्धि नभएकाले बढाउनुपरेको बताए । उनले समयअनुसार शुल्क र महसुलमा वृद्धि गरिएको दाबी गरे । 

 

 

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप

    नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई

यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

    नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

    २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

    भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको