गोरखामा पहिरोमा परी एकै परिवारका ३ सहित ५ जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो । पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहको छ । अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए । उद्धार हुनेमा सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेका छन् । उनीहरुमध्ये दिलीपको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिबाट काठमाडौं लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।उद्धारका लागि थप सुरक्षाटोलि घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...