ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त



हाम्रो इकोनोमि

 

 

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बिहिबार बसेको बैठकले रेग्मीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । बैंकका नवनियुक्त प्रमुख कार्यकारी रेग्मीको कार्यकाल यही भदौ एक गतेबाट सुरु हुने छ । बैंकका हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन् । रेग्मीसंग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । बैंकको क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेको अनुभव रेग्मीसँग छ । राष्ट्रिय वाणिज्य बैंकमा काम गर्दागर्दै छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए । त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका छन् । पछिल्लो १६ वर्षयता रेग्मी ग्लोबल आईएमई बैंकमा कार्यरत छन् । उनले ग्लोबल आईएमई बैंकमा नायब प्रबन्धकबाट २०६५ मा सेवा सुरु गरेका थिए । तीन वर्षअघि बैंक सञ्चालक समितिले रेग्मीलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । त्यसअघि १३ वर्षसम्म उनले बैंकका विभिन्न विभागमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...