राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन् । सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन् । भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको एमाले निकट स्रोतले बतायो । स्रोतले भन्यो,  यो  आठ देशको राजदूतमा दुई दलबीच सहमति भइसकेको छ, अब अरू रिक्त रहेका देशमा पनि चाँडै टुंग्याएर नियुक्ति गर्ने सरकारको तयारी छ । यसअघि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ११ देशको राजदूत फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएका अधिकांश कांग्रेसको कोटाबाट नियुक्त भएका थिए । अहिले कांग्रेस र एमाले मिलेर सरकार बनेपछि माओवादी, नेकपा एसको कोटाबाट नियुक्ति भएका राजदूतलाई पनि फिर्ता बोलाएर सबै एकै पटक नियुक्ति गर्ने गरी गृहकार्य भइरहेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...