मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी



हाम्रो इकोनोमि

 

 

विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ । मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पूरा गर्ने जनाइएको छ । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरुले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसक्नुभएको छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ । अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यसपटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...