पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट



हाम्रो इकोनोमि

 

 

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दियो । ‘अनुसन्धान लगभग सकिसकेको छ । हत्या गर्ने व्यक्ति उनकै घरमा काम गर्ने युवक रहेको खुलेको छ’, एक अनुसन्धान अधिकृतले  भने । हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...