सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग पौडेलले समस्याको आगो तापेर बस्नेभन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए । व्यवसायीले ४० अर्ब भुक्तानी बाँकी रहेको भने पनि १५ अर्बमात्रै बाँकी देखिएको उनले सुनानए । सम्बन्धित निकायहरूलाई निमार्ण सम्पन्न भएका आयोजनाको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको अर्थमन्त्रीको भनाइ छ । पौडेलले भने, ‘निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुस् । निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछौ । निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैन । समस्या समाधान गरेर अघि बढ्छ । भुक्तानी समाधान गर्ने छलफल गरिरहेका छौं । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ । भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा राख्न माग गरे । त्यसको लागि बैंकहरूलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्न पनि उनको माग छ । अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजीकरणको आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...