सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग पौडेलले समस्याको आगो तापेर बस्नेभन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए । व्यवसायीले ४० अर्ब भुक्तानी बाँकी रहेको भने पनि १५ अर्बमात्रै बाँकी देखिएको उनले सुनानए । सम्बन्धित निकायहरूलाई निमार्ण सम्पन्न भएका आयोजनाको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको अर्थमन्त्रीको भनाइ छ । पौडेलले भने, ‘निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुस् । निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछौ । निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैन । समस्या समाधान गरेर अघि बढ्छ । भुक्तानी समाधान गर्ने छलफल गरिरहेका छौं । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ । भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा राख्न माग गरे । त्यसको लागि बैंकहरूलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्न पनि उनको माग छ । अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजीकरणको आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...