५९ अंकले बढ्यो नेप्से, १५ अर्ब बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । लगातार बढीरहेको नेप्से परिसूचक बिहीबार ५९.६८ अंकले बढेर २४२४ को बिन्दुमा अडिएको हो । जुन करिब २८ महिना यताकै उच्च हो । यसअघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो । आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो । बिहीबार बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, अंखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् । कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४२ करोड ४६ लाख रुपैयाँको करोबारका साथ शीर्ष स्थानमा रहको छ । साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...