फेरि घट्यो वाणिज्य बैंकहरूको ब्याज



हाम्रो इकोनोमि

 

 

नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरूले आजदेखि लागू हुनेगरी साउन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन् । वाणिज्य बैंकहरुले असारमा औसत ६.८८ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर साउनमा ०.१४ प्रतिशतले घटाएर ६.७४ प्रतिशतमा झारेका छन् । हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतसम्म परिवर्तन गर्न पाउने व्यवस्था अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन् । साउन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले ब्याजदर घटेका छन् भने, दुई बैंकले बढाएका छन् । त्यस्तै, ५ बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मुद्दती निक्षेपको ब्याजदर कृषि विकास बैंक र एभरेष्ट बैंकले मात्रै बढाएका छन् । त्यस्तै, असार महिनाकै ब्याजदरलाई निरन्तरता दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंक रहेका छन् ।

यस्तो छ साउन महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदरः

साउन महिनाका लागि मुद्दतीमा कृषि विकास बैंकले ६.२९, एभरेस्ट बैंकले ६.३, राष्ट्रिय वाणिज्य बैंकले ६.२१, नेपाल एसबीआई बैंकले ६.३ प्रतिशत ब्याजदर कायम गरेका छन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६.५, ग्लोबल आईएमई बैंकले ६.२५, कुमारी बैंकले ६.७१, प्राइम कर्मसियल बैंकले ६.५, नेपाल बैंकले ६.२५, सानिमा बैंकले ६.४ प्रतिशत ब्याजदर साउन महिनाका लागि तोकेका छन् । त्यसै गरी एनईमबी बैंकले ७.५३, एनआईसी एसिया बैंकले ७.५३, हिमालयन बैंकले ७.५ प्रतिशत, सिटिजन्सले ६.७५ प्रतिशत, नबिल बैंकले ७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ७, सिद्धार्थ बैंकले ६.७५, स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...