फेरि घट्यो वाणिज्य बैंकहरूको ब्याज



हाम्रो इकोनोमि

 

 

नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरूले आजदेखि लागू हुनेगरी साउन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन् । वाणिज्य बैंकहरुले असारमा औसत ६.८८ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर साउनमा ०.१४ प्रतिशतले घटाएर ६.७४ प्रतिशतमा झारेका छन् । हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतसम्म परिवर्तन गर्न पाउने व्यवस्था अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन् । साउन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले ब्याजदर घटेका छन् भने, दुई बैंकले बढाएका छन् । त्यस्तै, ५ बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मुद्दती निक्षेपको ब्याजदर कृषि विकास बैंक र एभरेष्ट बैंकले मात्रै बढाएका छन् । त्यस्तै, असार महिनाकै ब्याजदरलाई निरन्तरता दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंक रहेका छन् ।

यस्तो छ साउन महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदरः

साउन महिनाका लागि मुद्दतीमा कृषि विकास बैंकले ६.२९, एभरेस्ट बैंकले ६.३, राष्ट्रिय वाणिज्य बैंकले ६.२१, नेपाल एसबीआई बैंकले ६.३ प्रतिशत ब्याजदर कायम गरेका छन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६.५, ग्लोबल आईएमई बैंकले ६.२५, कुमारी बैंकले ६.७१, प्राइम कर्मसियल बैंकले ६.५, नेपाल बैंकले ६.२५, सानिमा बैंकले ६.४ प्रतिशत ब्याजदर साउन महिनाका लागि तोकेका छन् । त्यसै गरी एनईमबी बैंकले ७.५३, एनआईसी एसिया बैंकले ७.५३, हिमालयन बैंकले ७.५ प्रतिशत, सिटिजन्सले ६.७५ प्रतिशत, नबिल बैंकले ७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ७, सिद्धार्थ बैंकले ६.७५, स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...