निगमभित्र पाइलटको मनोमानी, क्यानले छानवीन गर्दै



हाम्रो इकोनोमि

 

 

नेपाल वायू सेवा निगमको कर्मचारी पदोन्नतीमा व्यक्तिगत मोलाहिजा र भेदभाव भएको संघीन आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे सक्रियता देखाएको छ । आफ्नो मान्छेलाई पोस्न नियम र पद्धति मिचेर यसअघि पनि बढुवा गरिएको र हालसालै फेरी त्यही दोहोर्याउन लागेको भन्दै नियामक निकाय नागरिक उड्ययन प्राधिकरण (क्यान)ले समेत चासो देखाएको छ । बढुवामा मापदण्ड मिचिएको, विनियमावलीको वेवास्ता गरेको, केही पाइलटले हालीमुहाली गरेको र त्यसमा सम्बन्धित महाशाखा प्रमुखको साथ रहेको गुनासो नियामक निकाय समक्ष पुगेको थियो । त्यसमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको वेवास्ता पाइएपछि क्यानले हालै व्यवस्थापनलाई कडा पत्र काटेको बुझिएको छ । क्याविन क्रुको बढुवामा बेथिति भएको, कनिष्ठ र बरिष्ठ एयर होस्टेजलाई मापदण्डभन्दा बाहिर गई निकटताको आधारमा बढुवा थालेकोले त्यसबारे के कसो भएको हो कागजपत्रसहित उपस्थित हुन पत्र काटिएको निगमका एक कर्मचारीले जानकारी दिए । कार्यकारी अध्यक्ष अधिकारीले नियम र मापदण्ड पालना गराउन कडाइ गर्नुपर्नेमा केही पाइलटकै कुरा सुन्दै आएको गुनासो समेत छ । यो विषयमा अख्तियारले समेत हात हालेकोले तर व्यवस्थापन भने कानुन अनुसारै सब काम भएको भन्दै मौखिक जवाफ दिइरहेको बुझिएको छ । यता, क्यानले हालसालै लिखित पत्र काटी अनुसन्धान सुरु गरेपछि भने वेथिति रोकिने र दोषीमाथि कारवाही हुने अपेक्षा कर्मचारीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...