यसकारण सहकारी क्षेत्रको दुरुपयोग बढ्यो : संयोजक थापा



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दूरुपयोग भएको देखिएको जनाएको छ । बिहीबार सिंहदरबारमा बिभिन्न सरोकारवाला निकायसंगको छलफलमा क्रममा राज्यका नियमनकारी निकायहरुले ध्यान नदिँदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरुले मौका छोपको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी क्षेत्रमा संरचनागत प्रवन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउदै नवनाउने, नियमनकारी निकायहरु कमजोर हुने र दोश्रो चरणको नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सिमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए । बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगाएतसंग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए । संविधानले अर्थतन्त्रको महत्वपूर्ण खम्वाका रुपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको बिकृति, बचत अपचलन लगाएतका समस्याको समधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...