नेप्से दोहोरो अंकले वृद्धि, ६ अर्ब बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् । गत साताको दोस्रो कारोबारपछि निरन्तर बढीरहेको नेप्से आज पनि बढेको हो । कारोबारका आधारमा २१ करोड ७१ लाख ४८ हजार रुपैयाँको कारोबारसहित एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहको छ ।

प्रतिक्रिया दिनुहोस
बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...