खल्तीमा राजीनामा बोकेर हिँडेको मन्त्रीहरु के गर्दैछन ?



 

 

जुन बेला प्रचण्ड मन्त्रिपरिषद् नियमित दिनचर्यामा थियो, त्यस बेलै रास्वपाका मन्त्री खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने गर्थे । काम गर्न नदिए, वा गर्न नसके तुरुन्तै सरकारबाट हट्न आफूहरूलाई केहीले र कोहीले रोक्न नसक्ने प्रतिक्रिया दिन्थे । जस्तो कि युवा तथा खेलकुद् मन्त्री विराजभक्त श्रेष्ठले १ असारमा भनेका थिए, ‘रास्वपा यो सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं । मन्त्री श्रेष्ठको बोलीलाई लिएर संसदमा छेडखानी पनि चलेको थियो । कांग्रेस उपसभापति धनराज गुरुङले राजीनामा पत्र बर्खामा खसेर भिज्न सक्ने भएकाले लेमिनेसन गरेर राख्न व्यङ्ग्यामक सुझाव दिएका थिए । यो बीचमा प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्तासँगै पदमा बसिराख्ने राजनीतिक सामर्थ्य गुमाएका छन् । अब उनको संसदीय शक्तिको औपचारिक परीक्षण हुनमात्रै बाँकी छ । संसदको ठूलो दल कांग्रेसले प्रचण्डलाई राजीनामा दिन भनिसकेको छ । अनि एमालेले आफ्ना मन्त्री फर्काइसकेको छ । तर खल्तीमै राजीनामा बोकी हिँडेको बताउने रास्वपा मन्त्रीहरु भने पदमै बहाल छन् । उनीहरु बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए । बालुवाटार पुगेका उनीहरुलाई प्रधानमन्त्रीले फस्ल्याङफुस्लुङ पारिदिए । बिहान ८ बजे चिठी बोकेर पुगेर पुगेका मन्त्रीहरुमा पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने सहित पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डिपी अर्याल थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार उनीहरुसँगै थिए । प्रचण्डले भने आफूले संसदमा विश्वासको मत लिने तयारी गरेको भन्दै त्यसबेलासम्म कुर्न आग्रह गरे । प्रधानमन्त्रीसँग बैठकपछि पार्टीका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले भने, ‘उहाँले विश्वासको मत लिन्छु, म सदन फेस गर्छु भनिसकेपछि उहाँको संवैधानिक अधिकारलाई त सम्मान गरिदिनुपर्‍यो नि । रास्वपा मन्त्रीलाई यो थाहा नभएको होइन कि संसदमा अहिले प्रधानमन्त्री अल्पमतमा छन् । पहिलो र दोस्रो ठूलो दलले नै विश्वास नदिएपछि प्रचण्डका लागि संसद फेस गर्ने कुरा प्राविधिक प्रक्रियामात्रै हो, तै पनि रास्वपा किन अझै मन्त्रिपरिषदमा बसिराख्न चाहन्छ त ? सत्ता गठबन्धनमा आफ्नो पार्टी साझेदार भइसकेपछि सरकार नढल्दासम्म आफ्नो जिम्मेवारी रहिराख्ने रास्वपा नेतृत्वको तर्क छ । प्रमुख सचेतक परियार भन्छन्, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ढिला नगर्नुस् भनेका छौं, प्रधानमन्त्रीले म विश्वासको मत लिँदैछु भनिसकेपछि सत्ता साझेदार दलका हिसाबले जिम्मेवारी हाम्रो पनि हो नि त ।

प्रतिक्रिया दिनुहोस
जीवी राई पक्राउ गर, लडाकु शिविरको फाईल खोल : सांसद शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को

प्रचण्डको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश

    नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देखिएको

मनोज गजुरेलको पूर्वपत्नी मिना ढकाल प्रक्राउ

    मनोज गजुरेलको पुर्वपत्नि मिना ढकाल प्रक्राउ परेका छन । मीनाले केही

प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको माग

     नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । प्रतिनिधि