प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता



हाम्रो इकोनोमि

 

 

प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्य द्घारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । उक्त समारोहमा बिशेÈ गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर की डा.अनु बज्राचार्य ले चेतना मुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...