हिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट



हाम्रो इकोनोमि

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ । आज मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया-अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ३ पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गर्नुभएको थियो । त्यस्तै मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको थियो । त्यस अवसरमा पूर्व राजदूत युहेले वुमन्स प्रोग्रेस, डिजिटल इम्पावरमेन्ट ग्रीन डेभलपमेन्ट कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । भेटमा पूर्व राजदूत युहेले उक्त संस्थाको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि समेत मन्त्री चौधरीलाई आग्रह गर्नुभएको थियो । त्यस अवसरमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट ५ एशिया र अफ्रिकन देशमा उक्त कार्यक्रम सुरू हुन गइरहेको समेत जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...