एमाले काठमाडौंको अध्यक्षमा दिपक र निर्मलबीच प्रतिस्पर्धा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौंको अध्यक्षका लागि निवर्तमान अध्यक्ष निरौला फेरि दोहोरिन खोजेका छन् । उनलाई काठमाडौं महानगरपालिका कमिटीको अध्यक्षबाट भर्खरै विदा भएका निर्मल देउलाले चुनौति दिएका छन् । उनी दलित समुदायबाट उठेका नेता हुन् । एमाले नेताहरुका अनुसार देउलालाई कृष्णगोपाल श्रेष्ठ,विद्या सुन्दर शाक्य,सुरेन्द्र मानन्धर,अजय क्रान्ति शाक्य,रामेश्वर फुयाल लगायतका नेताहरुको साथ छ । निरौलालाई नारायण सिलवाल,कृष्ण राई,सरिता न्यौपानेलगायतको साथ छ । यता निरौला र देउलाबीचको प्रतिस्पर्धा रोकेर माथिल्लो तहबाटै नेतृत्वमा सर्वसम्मत गराउने लबिङ पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई सर्वसम्मतरुपमा अध्यक्ष बनाउन केही नेताले पहल थालेका छन् । काठमाडौंको रैथाने नेवार समुदायलाई नेतृत्वमा अघि नल्याएसम्म एमालेले चुनावमा राम्रो प्रदर्शन नगर्ने भन्दै कार्यकर्ता तहबाट पनि माथिल्लो तहकै नेता भने पनि ल्याएर सर्वसम्मत अध्यक्ष बनाउन शीर्ष नेताहरुलाई दबाब दिइरहेको एक नेताले बताए ।

त्यसका लागि अध्यक्ष केपी ओलीलाई भेटेर कुरा गर्न पनि ईश्वर पोखरेल,कृष्णगोपाल श्रेष्ठ,अष्टलष्मी शाक्यलगायतका नेताहरुलाई कार्यकर्ताले सुझाव दिएका छन् । निरौला सक्रियतापुर्वक खट्ने र वैचारिक प्रष्ट नेता भए पनि कार्यकर्ता चिढिएको र देउला कार्यकर्तामा लोकप्रिय भए पनि नेतृत्व क्षमतामा प्रश्न उठेकाले तेस्रो व्यक्तिको खोजी भएको हो । निरौला प्यानलबाट उपाध्यक्षमा विश्वराम सापकोटा र सचिवमा राजेश शाक्यको नाम चर्चामा छ । त्यस्तै देउला प्यानलबाट उपाध्यक्षमा नवराज पराजुली र सचिवमा सत्यनारायण डंगोलको नाम आएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई दुवै पक्षले उम्मेदवार बनाउन चाहेका छन् । उनलाई सर्वसम्मत भएमात्र उम्मेदवार बन्न कार्यकर्ताले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...