तिनाउ खोलामा नुहाउन गएका १७ वर्षीय दिव्यांश भुसालको मृत्यु



हाम्रो इकोनोमि

 

 

तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ८ बजेतिर ३ जना नुहाउनका लागि खोलामा गएका थिए । नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिव्यांशलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...