सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बतायो । टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषदले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए । खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । आजका ठोस प्रगति हुनसक्ने दाबी पनि गरिएका छ । विश्वकप खेल्ने टिमले २५ मेसम्म आफ्नो स्क्वाड घोषणा र हेरफेर गर्न सक्छन् । यद्यपि, टीमलाई आवश्यक पर्दा जुनसुकै बेला पनि आईसीसीको अनुमति लिएर खेलाडी परिवर्तन गर्न सकिन्छ । आईसीसीले सन्दीपलाई स्क्वाडमा समेट्न अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...