१६ महिनामा प्रधानमन्त्री प्रचण्डले लिए चार पटक विश्वासको मत



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीका बीचमा पनि मर्यादापालकको सुरक्षा घेराबाट रोष्टममा पुगेर विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले मत विभाजन गरे । मत विभाजनका क्रममा प्रधानमन्त्री प्रचण्डलाई एमालेसहित १५७ जनाले विश्वासको मत दिए । विपक्षमा एउटा पनि मत परेन । एक जना सांसद तटस्थ बसे । मतदानपछि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मत बहुमतले स्वीकृत भएको घोषणा गरे ।विश्वासको मतको पक्षमा नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले समर्थन जनाए । कांग्रेसबाहेकका अन्य दलले सर्मथन जनाए पनि रोष्टममा पुगेर बोलेनन् ।

२०७९ सालमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको तेस्रो दलका नेता प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री नियुक्त भएको करिब १५ दिनपछि पहिलो पटक २०७९ पुस २६ गते प्रचण्डले करिब शत प्रतिशत जस्तै विश्वासको मत पाएका थिए । २७० जना सांसद उपस्थित भएको प्रतिनिधिसभाको उक्त बैठकमा २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । दुई जना सांसदमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएका थिए । एकएक जना सांसद रहेको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपक्षमा मत दिएका थिए । त्यसबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । पहिलो पटक विश्वासको मत पाएको साढे दुई महिनापछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए । तत्कालीन अवस्थामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाएपछि एमालेले समर्थन फिर्ता लिएको थियो ।

दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए । त्यसबेला २६२ सांसद उपस्थित रहेकोमा नेपाली कांग्रेससहित १७२ जनाले विश्वासको पक्षमा मत दिएका थिए । ८९ सांसदले विपक्षमा मत दिँदा एक जना तटस्थ बसे । फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले दुई महिनाअघि गएको फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए । बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित ११० सांसदले विपक्षमा मतदान गरेका थिए । एक जना सांसद तटस्थ बसे ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...