टेक्सास टपर्स टक कार्यक्रमको आयोजना हुने



 

 

बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि टेक्सास टपर्स टक कार्यक्रम आयोजना गरीने भएको छ । जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने कार्यक्रममा  विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि, विशेषता आदिका वारेमा प्रस्तुतीकरण दिनेछन । विद्यालयका कक्षा ८ ,९ र १० मा अध्यनरत विद्यार्थी मध्ये विद्यालयले छनौट गरेका उत्कृस्ट विद्यार्थीहरुकाका लागी जेष्ठ १३ गते टेक्सास इन्टरनेसनल कलेज, चावहिल मित्रपार्कमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कपन अनलाइनको आयोजना,टेक्सास इन्टरनेसनल कलेजको प्रायोजन र भी एस कलेज ,चावहिलको प्रवर्धनमा हुने सो कार्यक्रममा सहभागिताकाका लागि जेष्ठ १० गते भित्र  विद्यार्थीले नाम दर्ता गर्न सकिनेछ । TOPPERS TALK  कार्यक्रम अवधारणा यो कार्यक्रम विभिन्न विद्यालयहरुमा अध्ययनरत उत्कृस्ट विद्यार्थीले आफ्नो शिक्षालय चिनाउने अभियानका रुपमा रहेको छ । यस कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो विद्यालयका वारेमा तयार पारेको सामाग्री मन्तव्य मार्फत प्रस्तुत गर्नेछन भने उनीहरुको प्रस्तुति र शैलीलाई संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ । 

कस्तो हुनेछ कार्यक्रम ? 

१. विद्यार्थीहरुले विद्यालयको इतिहास, सबल पक्ष र विशेषताहरुका बारेमा ४ मिनेटको सामाग्री तयार पार्नुपर्नेछ ।

२. कार्यक्रम आयोजना गरिएको दिन विद्यार्थीहरुले आफुले तयार पारेको सामाग्री प्रस्तुत गर्नेछन ।

३. विद्यार्थीहरुको प्रस्तुतिलाई विभिन्न संचार माध्यमले प्रत्यक्ष प्रसारण समेत गर्नेछन ।

४. विद्यार्थीहरुको प्रस्तुतिलाई आयोजक कपन अनलाइनले सम्पादन गरेर हरेक विद्यालयको छुट्टा छुट्टै भिडियो तयार गरी प्रसारण गर्नुका साथै भिडियो विद्यालयलाई उपलव्ध गराउने छ ।

५.कार्यक्रमको प्रचारमा टाइटल स्पोन्सर, इभेन्ट स्पोन्सर र सहभागी विद्यालयलाई प्राथमिकताका साथ स्थान प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी

    चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने

प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले

पहिलो पटकमै दरबारियाहरू निस्तेज भए : उपप्रधानमन्त्री पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको

नेपाल शिक्षक महासंघको आन्दोलन १०औं दिनपनि जारी

    नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ