रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की



हाम्रो इकोनोमि

 

 

रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ । रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार जेलेन्स्कीलाई गृह मन्त्रालयको अभिलेखमा ‘मस्ट वान्टेड’ सूचीमा राखिएको छ । उनीविरूद्ध रूसको फौजदारी संहिता अनुसार मुद्दा चलाइएको भन्ने बाहेक तासले अरू केही विस्तृत जानकारी दिएको छैन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्दा सुरूमै जेलेन्स्कीको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ । केही दिनमै पूरै युक्रेन कब्जा गर्ने विश्वास गरेका पुटिनले जेलेन्स्कीको हत्या गरेर उनको ठाउँमा रूस-मैत्री व्यक्तिलाई राष्ट्रपति बनाउन चाहान्थे ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...