अदालतमा भएको विषय किन सदनमा : सांसद थापा



 

 

एमाले सांसद सूर्य थापाले अदालतमा भएको विषय सदनमा बहस नहुने थाहा भएर पनि प्रतिपक्षले उठाएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा उहाँले अदालतमा भएको विषय सदनमा ल्याउन नहुने संविधानमा रहेको भन्दै सहकारीको विषय व्यक्ति केन्द्रीत भएर उठाएको आरोप प्रतिपक्षलाई लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘सहकारीको विषयमा हामी बहस होस् भन्ने चाहन्छु । तर, व्यक्ति केन्द्रीत गरेर अदालतमा विचाराधीन विषयमा प्रतिपक्षका, यो संसदका सबै सांसदहरुलाई अदालतमा भएको विषय यहाँ बहसको विषय हुँदैन भन्ने कुरा संविधान बमोजिम थाहा छ । तर, थाहा भएर पनि यो विषय उठाइरहेका छौं किनभने हामी सहकारीको विषयमा छलफल गर्नका लागि एउटा निष्कर्षमा पुग्नका लागि होइन ।

सहकारीको समस्या समाधान गर्न संसदले सरकारका निकायहरुलाई निर्देशन दिने हैसियत संसदले राख्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सहकारीको समस्या समाधान गर्न र जनता नठगिने कुराको सुनिश्चितता सरकारले, यो संसदले सरकारका निकायहरुलाई निर्देशन गरेर हुन्छ की कानून बनाएर हुन्छ हामीले गर्नुपर्छ । यो हैसियत यो संसदले राख्नुपर्छ । यो काम गर्न सकेनौँ भने सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिस अन्तर्गत उठाइएको एउटा रोदन हुनेछ । र, यसले देशलाई केही परिणाम दिने छैन ।’ उहाँले देशका लागि एजेण्डा उठाउँदा प्रतिपक्ष वा सत्तापक्षमा भएपनि तथ्यमा आधारित भएर उठाएको छ भने त्यसले परिणाम दिने पनि धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख