अदालतमा भएको विषय किन सदनमा : सांसद थापा



हाम्रो इकोनोमि

 

 

एमाले सांसद सूर्य थापाले अदालतमा भएको विषय सदनमा बहस नहुने थाहा भएर पनि प्रतिपक्षले उठाएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा उहाँले अदालतमा भएको विषय सदनमा ल्याउन नहुने संविधानमा रहेको भन्दै सहकारीको विषय व्यक्ति केन्द्रीत भएर उठाएको आरोप प्रतिपक्षलाई लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘सहकारीको विषयमा हामी बहस होस् भन्ने चाहन्छु । तर, व्यक्ति केन्द्रीत गरेर अदालतमा विचाराधीन विषयमा प्रतिपक्षका, यो संसदका सबै सांसदहरुलाई अदालतमा भएको विषय यहाँ बहसको विषय हुँदैन भन्ने कुरा संविधान बमोजिम थाहा छ । तर, थाहा भएर पनि यो विषय उठाइरहेका छौं किनभने हामी सहकारीको विषयमा छलफल गर्नका लागि एउटा निष्कर्षमा पुग्नका लागि होइन ।

सहकारीको समस्या समाधान गर्न संसदले सरकारका निकायहरुलाई निर्देशन दिने हैसियत संसदले राख्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सहकारीको समस्या समाधान गर्न र जनता नठगिने कुराको सुनिश्चितता सरकारले, यो संसदले सरकारका निकायहरुलाई निर्देशन गरेर हुन्छ की कानून बनाएर हुन्छ हामीले गर्नुपर्छ । यो हैसियत यो संसदले राख्नुपर्छ । यो काम गर्न सकेनौँ भने सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिस अन्तर्गत उठाइएको एउटा रोदन हुनेछ । र, यसले देशलाई केही परिणाम दिने छैन ।’ उहाँले देशका लागि एजेण्डा उठाउँदा प्रतिपक्ष वा सत्तापक्षमा भएपनि तथ्यमा आधारित भएर उठाएको छ भने त्यसले परिणाम दिने पनि धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...