आज केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना



 

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न