सुहाङलाई जिताउन धरानमा अभियान



हाम्रो इकोनोमि

 

 

धरान सुनसरी इलाम सम्पर्क मञ्चले आयोजनामा इलामको उपनिर्वाचनमा नेकपा एमाले माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन धरानबाट अभियान सुरु गरेको छ । मंगलबार धरान पार्टी कार्यालयमा वृहत कार्यक्रम गरि अभियान सुरु गरिएको जानकारी दिएको छ । इलाम घर भई धरान बस्दैं आउनु भएका मतदाताहरुलाई निर्वाचनका दिन इलाम लान र सुहाङको पक्षंमा मत हाल्न पार्टीले अभियान सुरु गरेको नगर अध्यक्ष हर्कराज एभेङले जानकारी दिनु भयो । कार्यक्रममा सुहाङ नेम्बाङको व्यक्तित्व, इलामको भुगोललगायतबारे नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पर्यटन विभाग उपप्रमुख कृष्ण शाहले जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य सरला कायस्था, नेकपा एमाले जिल्ला सचिवालय सदस्य मीन सुब्बा, नारायण सुवेदीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । धरानमा बसोवास गर्ने इलामका मतदाताहरुको उल्लेखीय सहभागीता रहेको इलाम घर भइ धरानमा व्यवसायी गदैं आउनु भएका नरेस मगरले जानकारी दिनु भयो । यहाँ भएका मतदाताहरुलाई पहिचान गरि उनीहरुसँग सम्बाद तथा सुहाङको विषयमा जानकारी गराउने र निर्वाचनमा उनीहरुलाई इलाम लैजान सहजिकरण गर्ने सम्मको अभियान तय भएको नेता शाहले जानकारी दिनु भयो ।
कार्यक्रम सुनसरी इलाम सम्पर्क मञ्चका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...