सरकारले बलजफ्ती गरे सदन चल्दैन : महामन्त्री शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिकरूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे आफूहरू कठोर बन्न बाध्य हुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा उनले भने, ‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं । प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ । सरकारले विधेयक लिएर आए सदन चल्छ, सरकार बलजफ्ती गरेर आए सदन नचल्ने शर्माले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...