सरकारले बलजफ्ती गरे सदन चल्दैन : महामन्त्री शर्मा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिकरूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे आफूहरू कठोर बन्न बाध्य हुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा उनले भने, ‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो । तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनुभएको भन्ने सुनेका छौं । प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ । सरकारले विधेयक लिएर आए सदन चल्छ, सरकार बलजफ्ती गरेर आए सदन नचल्ने शर्माले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...