११ महिनामै मुख्यमन्त्री हेरफेर गर्ने गठबन्धनमा सहमति



हाम्रो इकोनोमि

 

 

 सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए । माओवादी केन्द्रका एक पदाधिकारीका अनुुसार शीर्ष तहबाट भागबण्डा टुंगिएको छ । ‘सबै प्रदेशमा आलोपालो गर्ने सहमति भएको छ,’ ती पदाधिकारी भन्छन्, ‘पहिलो चरणमा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगियो ।

 

पहिलो चरणमा कुन प्रदेशमा कसको नेतृत्व ?

कोशी : एमाले

मधेश : जसपा

बागमती : माओवादी

गण्डकी : एमाले

लुम्बिनी : माओवादी

कर्णाली : एमाले

सुदूरपश्चिम : नाउपा

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...