संविधान संशोधन गरौं : उपेन्द्र यादव



 

 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा पुग्न नसकिने उनको भनाइ छ । उनले भने, ‘अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको भएपनि, अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौं तपाईंहरुले तमासा हेरिराख्नुभएकै छ । यो तमासाबाट समाजवाद हुँदैन । यो शासकीय स्वरुप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर एउटा उम्मेदवार संसदमा पुग्छन् । तीनबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्नुपर्छ । लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्छ । संविधानमा उन्मुख लेखेर मात्रै हुँदैन । संविधान संशोधन गर्नुपर्छ । अहिले सुशासन ल्याउने काममा सरकार लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख