संविधान संशोधन गरौं : उपेन्द्र यादव



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा पुग्न नसकिने उनको भनाइ छ । उनले भने, ‘अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको भएपनि, अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौं तपाईंहरुले तमासा हेरिराख्नुभएकै छ । यो तमासाबाट समाजवाद हुँदैन । यो शासकीय स्वरुप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर एउटा उम्मेदवार संसदमा पुग्छन् । तीनबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्नुपर्छ । लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्छ । संविधानमा उन्मुख लेखेर मात्रै हुँदैन । संविधान संशोधन गर्नुपर्छ । अहिले सुशासन ल्याउने काममा सरकार लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...