जेठभित्र एमाले लुम्बिनीका जिल्ला अधिवेशनको गर्ने तयारी



हाम्रो इकोनोमि

 

 नेकपा (एमाले)लुम्विनी प्रदेशका विभागहरुको बैठकले कार्ययोजना निर्माण गर्नुका साथै कार्यविभाजन गरेका छन् । विभिन्न मितिमा सपन्न बैठकहरुले त्यसप्रकारका निर्णय गरेका हुन् । अहिलेसम्म प्रचार तथा प्रकाशन, स्कुल, अर्थ तथा योजना, उद्योग, वाणिज्य तथा आपूर्ति, उपभोक्ता हित संरक्षण तथा सुशासन, कृषि तथा पशुपन्छी, पुस्तकालय तथा अभिलेख, निर्वाचन, पर्यटन तथा नागरिक उड्डयन, भूमि ब्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, युवा तथा खेलकुद, बन तथा वातावरण, वित्त तथा कोष व्यवस्थापन, विपद् व्यवस्थापन तथा स्वयंसेवा, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानव श्रोत व्यवस्था, श्रम तथा रोजगार, संगठन, संघीय मामिला तथा प्रशासन, सामाजिक सेवा, सामाजिक सुरक्षा तथा समाज कल्याण, सहकारी तथा गरिवी निवारण, सहरी विकास, स्थानीय तह विकास र स्वास्थ्य तथा जनसंख्या विभागका बैठक बसेका छन् । 

विभिन्न जिल्लाका अधिवेशन मिति तय

नेकपा एमाले रोल्पा जिल्लाको अधिवेशन चैत्र २९ र ३० गते, बर्दियाको अधिवेशन वैशाख १४ र १५ गते, बाँके जिल्लाको अधिवेशन जेठ २ र ३ गते तथा जेठ १६ र १७ गते रुपन्देही जिल्लाको अधिवेशन गर्ने निर्णय भइसकेका छन् । नेकपा एमाले लुम्विनीको सचिवालय बैठकले जेठ मसान्तभित्र सबै जिल्ला, पालिका, वडा र टोल अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेपछि जिल्ला कमिटीहरुले अधिवेशनको मिति तय गर्न सुरु गरेका छन् । प्रदेश पार्टी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार अधिवेशनको मिति तय गर्न बाँकी जिल्लाले अविलम्व बैठक बसेर मिति सार्वजनिक गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...