सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एसलाई दिने सहमति



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो । नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखेको थियो । बालुवाटारमा तीन नेताहरुबीच अब आफूहरुले सुदुरपश्मि प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको एक नेताले बताए । ती नेताले भने– अहिले हामीले सुदुरपश्चिमको नेतृत्व पाउने लगभग सहमति भएको छ। अब अन्यमा पनि आलोपालो हुन्छन् । सबै सरकारमा हाम्रो सहभागीता रहन्छ । सुदुरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । उनलाई समर्थन गर्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ । आलोपालो मुख्यमन्त्री पाउने भएपछि मात्रै नेकपा एसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...