लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ : मन्त्री चौधरी



हाम्रो इकोनोमि

 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही-केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।

लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ। खासगरी मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उहाँले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...