पृथ्वी दिवसका अवसरमा सरसफाई



 

 

विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौं स्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ, स्वयम्भु र बौध्द परिषर युनिभर्सल पिस सेन्चुरी मार्फत विभिन्न संघ संस्थाको सहकार्यमा शनिवार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू आईतबार पशुपतिनाथ र सोमबार बौध्द परिषर सरसफाइ गरिएको  अभियानका समन्वयकर्ता नवीन महर्जनले बताए। सरसफाई कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिब एवं पुर्व राजदुत लीलामणि पौडेल, युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बा संरक्षक श्याल्पा रिन्पोछे, पशुपती विकास कोष सदस्य सचिब राजु केसी युनिभर्सल पिस स्यान्चुरीका सफाई कार्यक्रमका संयोजक छोईङ देचेन, बागमती अभियान किसोर शाही , श्याल्पो गुन्बाका भिछुहरु , अमेरिकन एम्बेसीका प्रतिनिधित्व ब्यक्तिहरु,थुप्रै यवा अभियन्ताहरु र निस्वार्थ रुपमा सरसफाईको यस नयाँ मोडल जान्न विभिन्न स्थानहरुबाट सहभागी भएका थिए ।  कार्यक्रममा संरक्षक तथा श्याल्पा रिन्पोछेले पवित्र मातृभुमिको देश, पवित्र तमोभुमि पशुपती लगायत नेपाल प्रकृतिले उपहार दिएको सुन्दर ठाउँ छ । त्यस ठाउँलाई सुन्दर र सफा बनाउनु हामी सबैको कर्तव्य र दायित्व भएको  बताए । पशुपति बिकास कोषका सदस्य सचिब राजु केसीले सफाई अभियान निरन्तर हुनु पर्ने बताए  । सफाई अभियान रबर जस्तो तन्कन पर्ने राय उनको थियो । सरसफाइ गर्दा संकलन भएको फोहोरमध्ये कागज,कपडा,प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ भने कुहिने फोहोर मात्र ल्यान्डफिल साइट पठाइएको छ।  ३ दिन सम्म चलेको सरसफाई कार्यक्रममा प्लाष्टिक, शिशा, कपडा लगायतका फोहोरहरु जम्मा गरिएको छ । जथाभावी फालिएका बोटल, प्लाष्टिकलगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो । सरसफाई कार्यक्रममा प्लाष्टिक, शिशा, कपडा लगायतका फोहोरहरु जम्मा गरिएको छ । जथाभावी फालिएका बोटल, प्लाष्टिकलगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो । विश्व पृथ्बी दिवस २०२४ यसपालिको नारा पृथ्वी र प्लास्टिक राखिएको छ । नेपालमा प्लास्टिकका अधिकतम प्रयोगले वातावरण प्रर्दुषण हुँदै गइरहेको छ । सरसफाइ कार्यक्रम अन्तर्गत आजको कार्यक्रम बौद्ध माहाङकाल बाट सुरु भै रामहिटी,बौद फुलबारी , बौद्ध स्तुपा हुँदै पुन माहाङकालमा पुगेर समापन गरियको थियो । कार्यक्रम लाई समापन गर्दै श्याल्पा तेन्जिङ रिन्पोछेले आगामी दिनमा नि यस्ता कार्यहरु निरन्तरता गर्नी भन्दै कार्यक्रममा सहयोग गर्नी सबैलाइ धन्यवाद दिएका थिए । नयाँ मोडलबाट फोहोर छुटाएर सदुप्रयोग गर्ने हो भने फोहोर लाई मोहोर बनाउन सकिने बातावरण संरक्षणमा समेत टेवा पुग्ने बताईएको छ ।   कार्यक्रमले फोहोर होईन मोहोरको पहिचान गरी त्यसको उचित ब्यवस्थापन गरौं भन्ने सन्देश दिएको छ । ६ प्रकारले फोहोरको बर्गिकरण गरिएकोमा ५ प्रकारको फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिने समेत बताईएको थियो । विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण वन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन गर्ने जनाएको छ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरीएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछी अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछी सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा