बंगलादेशबाट सीधै काठमाडौं ओर्लिँदै कतारी राजा



हाम्रो इकोनोमि

 

 

 कतारी राजा अर्थात् आमिर शेख थामिम बिन हमाद अल थानीले आज बंगलादेशको भ्रमण सकाउने भएका छन् । सोमबार साँझ स्थानीय समयअनुसार ५ बजे बंगलादेश ओर्लिएका राजा थानी राजकीय भ्रमणको लागि त्यहाँ पुगेका हुन् । बंगलादेशी राष्ट्रपति मोहमद शाहबुद्धिनले हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बंगलादेशले राजा थानीलाई २१ तोपको सलामी दिएर सम्मान गरेको छ । उनलाई बंगलादेश वायु सेनाका ४ युद्ध जहाजले हवाई स्कर्टिङ गरेको कतारी दैनिक गल्फ टाइम्सले लेखेको छ । बंगलादेशको अखबार डेली स्टारका अनुसार सन २००५ पछि कतारी राजाको यो पहिलो बंगलादेशको राजकीय भ्रमण हो ।

सन् २००५ मा तत्कालीन कतारी आमिर शेख हमाद बिन खालिफा अल थानी बंगलादेश आएका थिए । बंगलादेशले कतारी राजासँग विमल्व भुक्तानीमा कतारी ग्यास आयात गर्न तथा बंगलादेशको इन्धन सुरक्षामा सहयोग गर्न माग गरेको डेली स्टारले लेखेको छ । नेपालजस्तै बंगलादेश पनि कतारका आप्रवासी कामदार धेरै पठाउने देश हो । कतारमा बंगलादेशका ४ लाख कामदार छन् भने दुई देशको व्यापारिक आयातन ३ अर्ब ६० करोड डलर भएको बताइएको छ । बंगलादेशको राजकीय भ्रमण सकेर कतारी आमिर नेपाल आजै आउनेछन् । नेपाली समयअनुसार साढे पाँच बजे उनी आउने कार्यकतालिका सार्वजनिक भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...